
काठमाडौं, १२ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले हेर्ने कथाका प्रकाश तामाङलाई नागरिकता दिलाउनका लागि गृह सचिवलाई निर्देशन दिनुभएको छ ।
हेर्ने कथामा प्रकाशको कथा हेरेपछि उनले प्रकाशलाई तत्कालको आवश्यकता नागरिकता नै रहेको भन्दै गृह सचिव एकनारायण अर्याललाई बोलाएर नागरिकता दिलाउनका लागि तत्काल पहल थाल्न निर्देशन दिनु भएको हो ।
प्रधानमन्त्रीले आफ्नो सामाजिक सञ्जालमा लेख्नु भएको छ,‘नागरिकता भए मात्र उहाँको बैंक खाता खोल्न सकिने र सहयोग गर्न चाहनेहरूले सहयोग गर्न मिल्ने हुन्छ । नागरिकता छिटो बनाउने विषयमा राति १० बजे नै गृहसचिव एकनारायण अर्याललाई बोलाएर उहाँसँग कुरा भयो। उहाँले प्रकाशलाई दुईरचार दिन भित्रैमा नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाउनु भएको छ र यो खबर प्रकाशलाई पनि पठाइसकिएको छ । नागरिकता प्राप्त गरिसकेपछि प्रकाशलाई आवश्यक सहयोग गर्ने विषयमा पनि कुरा भएको छ ।’
यसअघि प्रधानमन्त्रीले प्रकाशको कथा हेरेर आफू भावुक भएको उल्लेख गर्नुभएको थियो ।








प्रतिक्रिया