२ असार २०८३, मंगलबार

एकीकृत समाजवादीको उपाध्यक्ष र उपमहासचिवमा को-को विजयी भए ?

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ भदौ । नेकपा (एकीकृत समाजवादी)को उपाध्याक्षको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ । जसअनुसार उपाध्यक्षमा डा. गंगालाल तुलाधर (१८९), जगन्नाथ खतिवडा (१६१), प्रकाश ज्वाला (१४५) र भानुभक्त जोशी (१५६) विजयी हुनुभएको छ । उपाध्यक्षमा निर्वचित जोशी बाहेक तीनै जना अध्यक्ष माधव कुमार नेपाल निकट नेता हुनुहुन्छ ।

त्यस्तै, महिला उपाध्यक्षमा पनि नेपाल निकट नेतृ जयन्ती राई विजयी हुनुभएको छ भने रामकुमारी झाक्री पराजित हुनुभएको छ । नेपाल पक्षले आफू निकट उम्मेदवारको चिट नै बनाएर बाँडेको थियो ।

त्यस्तै, चार उपमहासचिवको नतिजा पनि आएको छ । जसमा मेटमणि चौधरी १५८ मत प्राप्त गर्दै विजयी हुनुभएको छ भने रामकुमार खड्का र गरिमा शाहले १०७ मत प्राप्त गरेर निर्वाचित हुनुभएको छ ।

त्यस्तै, राजेन्द्र राईले १०६ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । चार उपमहासचिवको लागि १९ जनाको उम्मेदवारी परेको थियो ।