३० जेष्ठ २०८३, शनिबार

नेकपा एसको महिला उपाध्यक्षमा राई निर्वाचित, झाँक्री पराजित

3.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ भदौ । नेकपा (एकीकृत समाजवादी)मा पदाधिकारीका लागि भएको निर्वाचनमा महिला उपाध्यक्षतर्फ जयन्ती राई निर्वाचित हुनुभएको छ । उहाँसँग प्रतिस्पर्धा गर्नुभएको रामकुमारी झाँक्री पराजित हुनुभएको छ ।

एकीकृत समाजवादीले वरिष्ठ सात उपाध्यक्षमध्ये एक उपाध्यक्ष राखेको थियो । जयन्ती पहिले पनि उपाध्यक्ष हुनुहुन्थ्यो । नतिजाअनुसार महिला उपाध्यक्षमा १८९ मतसहित जयन्ती राई विजयी हुनुभएको छ भने उहाँकी निकटतम प्रतिद्वन्द्वी रामकुमारी झाँक्री ११२ मत ल्याएर पराजित हुनुभयो ।

मत परिणामअनुसार मधेशी कलस्टरमा धर्मनाथ प्रसाद शाह १६४ मतसहित विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी रामचन्द्र झाले १४४ मत पाउनुभयो । पदाधिकारीका लागि मंगलबार निर्वाचन भएको थियो । मतगणना गएराति सुरु भएको थियो ।