२३ जेष्ठ २०८३, शनिबार

चितवनमा गैँडाको हाडखोर फेला

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

चितवन, १२ भदौ । भरतपुर महानगरपालिका–१८ गाँजीपुरमा गैँडाको हाडखोर फेला परेको छ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनकाअनुसार अन्दाजी तीन महिनाअघि मरेको गैँडाको हाडखोर भेटिएको हो । सोमबार दिउँसो गैँडा मृत भेटिएको हो ।

उहाँकाअनुसार गैँडा बुढो भएर मरेको हो । गैँडाको खाग, खुर सुरक्षित भेटिएको पुनले बताउनुभयो । हाडखोर मात्रै भेटिएकाले लिङ्ग पहिचान हुन नसकेको उहाँले बताउनुभयो । योसँगै निकुञ्ज क्षेत्रमा चालु आर्थिक वर्षको साउनयता चार वटा गैँडा मृत भेटिएका छन् । मृत भेटिएकामध्ये एउटा गैँडा करेन्ट लागेर र दुई वटा बाघको आक्रमणबाट मरेका हुन् ।

‘बाघको आक्रमणबाट मरेका गैँडा एक र दुई महिनाका रहेका छन्’, पुनले भन्नुभयो, ‘एउटा गैँडाको बच्चा (केटो)लाई उद्धार गरेर ल्याएपछि उपचारका क्रममा मरेको हो भने अर्को केटो जङ्गलमा नै मृतावस्थामा भेटिएको हो । करेन्ट लागेर मरेको गैँडा अन्दाजी १० वर्षको पोथी रहेको थियो ।’