
काठमाडौं, ११ भदौ । डा. मुकुल ढकालले आफू रवि लामिछाने क्लबबाट निष्काशित भएको प्रतिक्रिया दिनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्काशित गरेपछि प्रतिक्रिया दिँदै उहाँले आफू रवि लामिछाने क्लबबाट निष्काशित भएको र आफूलाई पार्टीबाट निष्काशित गर्ने अधिकार क्लबलाई नरहेको बताउनुभएको हो ।
उहाँले भन्नुभएको छ, ‘रवि लामिछाने क्लबबाट निस्काशित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निस्कासन गर्ने अधिकार क्लवलाई छैन । न्यायिक निकायले क्लबको कारबाहीलाई बदर गरेपछि, नैतिकताको आधारमा रवि लामिछानेले पार्टीको साधरण सदस्यबाट राजीनामा दिनपर्छ ।’
ढकालले सहकारी प्रकरणका सवालमा रवि लामिछानेले आम जनतालाई भ्रमित पार्ने गरी भाषणबाजी गर्दै हिँडेको बताउँदै आफूविरूद्ध आएका प्रमाणलाई किर्ते भन्दै जनतामा भ्रम छरी राजनीति गरिराखेको आरोप लागाउनुभएको छ ।
मंगलबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले ढकाललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशित गरेको छ ।








प्रतिक्रिया