६ असार २०८३, शनिबार

मोदी र बाइडेनबीच फोनवार्ता : युक्रेन र बंगलादेशको अवस्थाबारे छलफल

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग फोनमा कुराकानी गर्नुभएको छ । दुई नेताबीच युक्रेनलगायत विश्वका विभिन्न विषयमा छलफल भएको थियो । कुराकानीका क्रममा प्रधानमन्त्री मोदीले युक्रेनमा शान्ति र स्थायित्वका लागि भारतको समर्थन रहेको दोहोर्‍याउनुभएको थियो ।

मोदी र बाइडेनबीच बंगलादेशको विषयमा पनि छलफल भएको थियो । मोदी र बाइडेनले बंगलादेशको अवस्था छिट्टै सामान्य बनाउन जोड दिनुभएको थियो । साथै बंगलादेशमा कानून र व्यवस्थाको चाँडो पुनर्स्थापना र अल्पसंख्यक, विशेष गरी हिन्दूहरूको सुरक्षा सुनिश्चित गर्नमा जोड दिनुभयो ।

प्रधानमन्त्री मोदी गत हप्ता २३ अगस्टमा युक्रेनको भ्रमणमा हुनुहुन्थ्यो । यसै क्रममा राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग भेट्नुभएका मोदीले भन्नुभएको थियो, ‘भारत सधै शान्तिको पक्षमा रहेको छ । मैले केही दिनअघि रुसी राष्ट्रपति पुटिनलाई भेटेको थिएँ । त्यसपछि मैले उनलाई मिडियाको अगाडि आँखा चिम्लेर हेरेँ र भने कि यो युद्धको समय होइन ।’

युक्रेनको मारिन्स्की प्यालेसमा मोदी र जेलेन्स्कीबीच करिब ३ घण्टा भेटवार्ता भएको थियो । मोदी जेलेन्स्कीसँगै युक्रेनको राष्ट्रिय संग्रहालय पनि पुग्नुभयो, जहाँ उहाँले युद्धमा मारिएका बालबालिकालाई श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।