
सल्यान, ११ भदौ । सल्यानमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेसमबहादुर खत्रीकाअनुसार चट्याङ लागेर कालीमाटी गाउँपालिका-१ लक्ष्मीपुर सातलखोलाका ५६ वर्षीय दलबहादुर कार्कीको मृत्यु भएको हो ।
कार्की कालीदेवी प्राथमिक विद्यालय सातलखोलाका प्रधानाध्यापक हुनुहुन्थ्यो । सार्वजनिक बिदाको दिन सोमबार साँझ करिब ५ बजे घर नजिकै गोठालो गएका बेला कार्कीलाई चट्याङले हानेको थियो ।
चट्याङ लागेर गम्भीर घाइते हुनुभएका कार्कीलाई उपचारका लागि सल्यान जिल्ला अस्पतालमा लगिएको थियो । तर अस्पताल पुर्याउँदा डाक्टरले उहाँलाई मृत घोषणा गरेका थिए ।
कार्कीको शव पोस्टमार्टमका लागि सल्यान जिल्ला अस्पतालमा राखिएको छ ।








प्रतिक्रिया