१२ असार २०८३, शुक्रबार

नेकपा एसले आज पदाधिकारी चयनका लागि निर्वाचन गर्दै

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ भदौ । नेकपा (एकीकृत समाजवादी)ले आज पदाधिकारीको चयन निर्वाचनबाट गर्ने भएको छ ।  आइतबार र सोमबार बसेको केन्द्रीय कमिटी बैठकमा सहमति जुट्न नसकेपछि आज निर्वाचन गर्न लागिएको हो ।

गत असारमा सम्पन्न एकीकृत समाजवादीको १०औं महाधिवेशनले पार्टी अध्यक्षमा माधव कुमार नेपाल, महासचिवमा घनश्याम भुसाल र सम्मानित नेतामा झलनाथ खनाललाई चयन गरेको थियो । बाँकी १८ जना पदाधिकारी टुंग्याउन एकीकृत समाजवादीलाई सकस परेसँग निर्वाचनको प्रक्रिया रोजिएको हो ।

आज बिहान ७ बजे मनोनयनपत्र वितरण हुने, ७ः३० देखि ८ः३० सम्म मनोनयन दर्ता गरेपछि अन्य प्रक्रिया पूरा गरेर दिउँसो १२ बजेदेखि १ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने बताइएको छ ।

त्यस्तै, २ बजेदेखि ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ भने आज बेलुका ६ बजेबाट नै मतगनणा सुरु गरिने कार्यतालिका सार्वजनिक गरिएको छ ।

एकीकृत समाजवादीले महाधिवेशनबाट अध्यक्ष, सम्मानित नेता र महासचिव चयन गरेको छ भने ३४४ सदस्यीय केन्द्रीय कमिटी चयन गरिसकेको छ ।