
काठमाडौं, १० भदौ । भारतको केन्द्र शासित प्रदेश लद्दाखमा केन्द्र सरकारले पाँच नयाँ जिल्ला बनाउने घोषणा गरेको छ । केन्द्रीय गृहमन्त्री अमित शाहले लद्दाखको विकास र समृद्दीका लागि पाँच नयाँ जिल्ला बनाएको घोषणा गर्नु भएको हो ।
उहाँले भन्नु भएको छ, ‘विकसित र समृद्ध लद्दाख निर्माण गर्ने प्रधानमन्त्री नरेन्द्र मोदीको दृष्टिकोणलाई अगाडि बढाउँदै गृह मन्त्रालयले केन्द्र शासित प्रदेशमा पाँचवटा नयाँ जिल्ला बनाउने निर्णय गरेको छ, गृहमन्त्री शाहले अगाडि भन्नुभएको छ, ‘नयाँ जिल्लाको नाम झाँस्कर, द्रास, शाम, नुब्रा र चाङ्थाङ । हरेक कुनामा सुशासन सुदृढ गर्दै जनताको सुविधा घरदैलोमा पुर्याइनेछ,’।
उहाँले मोदी नेतृत्वको सरकारले लद्दाखका जनताका लागि ठूलो मात्रामा अवसर सिर्जना गर्न प्रतिबद्ध रहेको पनि उल्लेख गर्नु भएको छ ।
गृहमन्त्री शाहको यो घोषणा पछि प्रधानमन्त्री मोदीले लद्दाखमा पाँच नयाँ जिल्लाहरू निर्माण गर्नु राम्रो शासन र समृद्धिको लागि ठूलो कदम भएको बताउनु भएको छ । उहाँले लेख्नु भएको छ, ‘अब झन्स्कर, द्रास, शाम, नुब्रा र चाङ्थाङमा बढी ध्यान दिइनेछ । यसले सेवा र अवसरलाई जनताको नजिक ल्याउनेछ। त्यहाँका जनतालाई बधाई छ ।,’








प्रतिक्रिया