
काठमाडौं, १० भदौ । ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदी नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँदै हुनुहुन्छ ।
उहाँ परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको निमन्त्रणामा दुई दिनका लागि नेपाल आउन लाग्नुभएको हो ।
परराष्ट्र मन्त्रालयकाअनुसार ओमानका विदेशमन्त्रीले भ्रमणका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टचार भेट गर्ने कार्यतालिका छ ।
साथै, भ्रमणको क्रममा दुई मन्त्रीबीच नेपाल–ओमान सम्बन्ध र अन्य विविध विषयमा भेटवार्ता तथा छलफल हुनेछ ।
उहाँ भोलि मंगलबार स्वदेश फर्किने कार्यतालिका छ ।









प्रतिक्रिया