
काठमाडौं, ९ भदौ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय जलस्रोत विभाग सदस्य प्रा. डा. मोजराज बगालेसहित तीन जना नेताहरु नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ ।
यसैगरी, समाजवादीका कर्णाली प्रदेश सदस्य जनम हमाल र कर्णाली प्रदेश सम्पर्क समन्वय कमिटी सदस्य कर्णबहादुर शाही पनि आजै एमालेमा प्रवेश गर्नुभयो ।

पार्टीका महासचिव शंकर पोखरेलले उहाँहरूलाई आज पार्टी कार्यालय, च्यासलमा खादा लगाई स्वागत गर्नुभयो ।
गोरखाको भीमसेन थापा नगरपालिका–१ का स्थायी बासिन्दा बगाले विद्यार्थी राजनीतिबाट अगाडि बढ्नुभएको हो । उहाँ अमृत साइन्स क्याम्पस, लैनचौरका अनेरास्ववियुबाट स्ववियु सभापति हुनुभएको थियो ।
प्रा. डा. बगाले नेपाल पीएचडी फाउण्डेशनका उपाध्यक्ष पनि हुनुहुन्छ । उहाँसँग नेपाल, चीन र अमेरिकाका विश्वविद्यालयमा अध्यापनको अनुभव रहेको छ ।









प्रतिक्रिया