२४ कार्तिक २०८३, मंगलबार

वर्तमान सरकारले उत्कृष्ट काम गरेर देखाउँछ : मन्त्री सिंह

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ भदौ । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकारले अगाडिको सरकार भन्दा उत्कृष्ट काम गरेर देखाउने बताउनुभएको छ । त्यसका लागि योजनाअनुसारका काम अगाडि बढाइरहेको बताउनुभएको छ ।

आइतबार वर्तमान अवस्थामा आपूर्ति व्यवस्था र उपभोक्ता अधिकार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री सिंहले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘वर्तमान सरकार कांग्रेस एमालेलगायत अरु दलहरु मिलेर बनेकाले सुशासनदेखि हरेक कुरामा राम्रो गरिरहेको छ । अझै अगाडिको सरकारको अवस्था भन्दा राम्रो सुधार गर्नको लागि काम अगाडि बढाउँदैछौँ ।’ साथै, उहाँले उपभोक्ताको जीवन सहज गर्न बजारमा देखिएका आपूर्ति सिस्टममा देखिएका कमीकमजोरीलाई हटाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँले बजारमा देखिएका समस्यालाई सरकारले समाधान गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।