३२ असार २०८३, बिहिबार

सुनकोशीमा खसेको गाडी निकालियो, बेपत्ता ३ जनाको खोजी जारी

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ भदौ । सिन्धुलीमा भएको दुर्घटनामा सुनकोशी नदीमा खसेको गाडी निकालिएको छ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेश खुर्कोटको गोताखोर टोलीले गाडीलाई नदी किनारमा निकालेको छ ।

शनिबार साँझ करिब साढे ५ बजे हाइलक्स गाडी सुनकोशीमा खस्दा ३ जना बेपत्ता भएका थिए ।

भक्तपुरको सूर्यविनायक नगरपालिका ४ बाट हलेसी तीर्थयात्रा गएर फर्किने क्रममा गाडी दुर्घटना भएको हो ।

बेपत्ता हुनेमा गाडी चालक अविन बाके, गाडीमा सवार प्रणीत स्यागु  र बलाम घटुवा रहेका छन् ।

गाडी सुनकोसीमा खसेलगत्तै एक जना भने पौडेर बाहिर निस्किएका थिए । नदीबाट सुशान्त कक्षपति पौडिएर बाहिर निस्किएका हुन् ।

बेपत्ता तीन जनाको खोजी कार्य अहिले पनि जारी रहेको छ ।