३१ जेष्ठ २०८३, आइतबार

नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना : ३६ जना घाइते, ५ को अवस्था गम्भीर

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ भदौ । भारतको बिहार राज्यस्थित समस्तीपुरको नेशनल आइवे २८ मा नेपाली तीर्थयात्री बोकेको बस दुर्घटनामा परेको छ ।

४३ जना सवार ना ७ ख ६४४६ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा ३६ जना घाइते भएको भारतीय सञ्चारमाध्यामले उल्लेख गरेका छन्, जसमा ५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

अहिले घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । तीर्थयात्री सबै बारा जिल्लाका रहेको बताइएको छ । तीब्र गतिमा आएको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको रिपोर्टमा उल्लेख छ ।