१० असार २०८३, बुधबार

बैंकिङ कसुरजन्य कार्यको कारबाहीलाई प्रभावकारी बनाउन आवश्यक : अर्थमन्त्री पौडेल

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ भदौ । अर्थमन्त्री विष्णु पौडेलले बैंकिङ तथा वित्तिय प्रणालीको कारोबारमा हुने चेक अनादार जस्ता कसुरजन्य कार्यको कारबाहीलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

आइतबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिमा भएको बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथिको छलफलमा उहाँले बैंकिङ तथा वित्तिय प्रणालीको कारोबारमा हुने कसुरजन्य कारबाहीलाई व्यवस्थित र प्रभावकारी बनाउने गरी बैंकिङ कसुर तथा सजाय विधेयक संशोधन गर्न आवश्यक रहेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘बैंकिङ तथा वित्तिय प्रणालीको कारोबारमा हुन सक्ने चेक अनादार जस्ता कसुरजन्य कार्यको अनुसन्धान अभियोजन र कारबाहीलाई व्यवस्थित तथा प्रभावकारी बनाउने र त्यस्तो कसूरमा हुने सजाय अझ पारदर्शी र सहजीकरण बनाउने यसको मुख्य उद्देश्य हो ।’

उहाँले विधेयक सहकारी बैंकले नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त नगरी बैंकिङ कारोबार गर्न वा चलाउन नपाउने व्यवस्था विधेयकमा थप गर्न लागेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘सहकारी बैंकबाट हुने कारोबारलाई पनि बैंकिङ कारोबार मानेर सहकारी बैंकलाई पनि विधेयकमा समावेश गरी सहकारी बैंकले नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त नगरी बैंकिङ कारोबार गर्न वा चलाउन नपाउने व्यवस्था यसमा थप गरिएको छ ।’