२३ जेष्ठ २०८३, शनिबार

दशगजामा स्थानीयले बाटो खन्न दिएनन्

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

बनियानी, ९ भदौ । झापाको कचनकवल गाउँपालिका–१ घेराबारीस्थित नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा भारतीय नागरिकले बाटो खन्न थालेपछि स्थानीयवासीले अवरोध गरेका छन् ।

गए रातिदेखि भारतीय नागरिकले बाटो खनेपछि अवरोध गरिएको कचनकवल–१ का वडाध्यक्ष रञ्जित लिम्बूले जानकारी दिनुभयो । ‘दशगजामा भारतीय नागरिकले बाटो खनेको थाहा पाएपछि हामीले रोकेका हौँ’, उहाँले भन्नुभयो, ‘मान्छे नभएको बेला राति–राति बाटो खन्ने गरिएको रहेछ ।’ यसअघि पनि पटक–पटक बाटो खन्न खोज्दा अवरोध गरिएको उहाँले बताउनुभयो । हाल उक्त स्थानमा करिब १५० मिटर बाटो खनिसकिएको उहाँले बताउनुभयो ।

‘हामीले खनिएको बाटो पुर्ने प्रयास गरेका छौं’, उहाँले भन्नुभयो, ‘तर, हामीलाई दिइएको छैन ।’ कचनकवल–१ को वडा कार्यालयदेखि करिब चार सय मिटर बाटो दशगजामा खनिएको उहाँले बताउनुभयो ।

झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले दशगजा नजिकै सडक खनिएपछि दुवै पक्षबीच विवाद भएको बताउनुभयो । विवाद बढेपछि काम बन्द गरेर छलफल भइरहेको जानकारी उहाँले दिनुभयो ।