२५ जेष्ठ २०८३, सोमबार

एमाले दैलेखको सचिवालय बैठक सम्पन्न, हालसम्मको कामको समीक्षा

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दैलेख, ९ भदौ । नेकपा (एमाले) दैलेख जिल्ला कमिटीको सचिवालय बैठक शनिबार सम्पन्न भएको छ ।

बैठक एमाले कर्णाली प्रदेश इन्चार्ज गोरखबहादुर बोगटीको प्रमुख आतिथ्यतामा भएको हो । बैठकमा पार्टीको हालसम्मको संगठनात्मक गतिविधिहरूको समीक्षा गरिनुका साथै आगामी दिनमा पार्टीका कामकाजलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको छ ।

बैठकमा हालसम्म सम्पन्न भएका पार्टीका संगठनात्मक कामहरूको जानकारी आदानप्रदान, सम्पन्न कामहरूको संक्षिप्त समीक्षा, पार्टीको कामलाई प्रभावकारी बनाउन सुझाव लिने र तत्काल गर्नुपर्ने कामका विषयमा महत्वपूर्ण निर्णयहरू भएको एमाले दैलेखले जनाएको छ ।