२५ जेष्ठ २०८३, सोमबार

इजरायलमाथि हिजबुल्लाहको ३२० रकेट प्रहार, इजरायलमा ४८ घण्टाको आपतकाल घोषणा

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ भदौ । लेबनानको लडाकू समूह हिजबुल्लाहले इजरायलमा रकेट आक्रमण सुरु गरेको छ । यससँगै हिजबुल्लाहले ठूलो मात्रामा सैन्य कारबाही गर्ने घोषणा पनि गरेको छ ।

हिजबुल्लाहले एक विज्ञप्ति जारी गर्दै इजरायलका महत्त्वपूर्ण सैन्य लक्ष्यहरूलाई लक्षित गर्न विस्फोटक पदार्थले भरिएको ड्रोनहरू प्रक्षेपण गरिएको जनाएको छ । हिजबुल्लाहले इजरायलमा ३२० भन्दा बढी काट्युशा रकेट प्रहार गरेको दाबी गरेको छ ।

इजरायलले लेबनानमा रहेको आतंकवादी अड्डाहरूलाई आफ्नो सुरक्षामा लक्षित गर्दा हिजबुल्लाहको आक्रमण भएको जेरुसेलम पोस्टले उल्लेख गरेको छ ।

यसैबीच, लेबनानमा प्रिएम्प्टिभ स्ट्राइकहरू सुरु गरेपछि इजरायलका रक्षामन्त्री योभ गालान्टले आइतबार ४८ घण्टाको राष्ट्रव्यापी आपतकाल घोषणा गर्नुभएको छ ।

‘आपतकालिन अवस्थाको घोषणाले इजरायली सेनालाई इजरायलका नागरिकहरूलाई भेलाहरू सीमित गर्न र सान्दर्भिक हुन सक्ने ठाउँहरू बन्द गर्नेलगायतका निर्देशनहरू जारी गर्न सक्षम बनाउँछ’ एक विज्ञप्ति जारी गर्दै गालान्टले भन्नुभएको छ, ‘म विश्वस्त छु कि देशका ती क्षेत्रहरूमा जहाँ विशेष परिस्थितिको घोषणा लागू हुँदैनथ्यो त्यहाँ नागरिक जनसंख्याविरुद्ध आक्रमणको उच्च सम्भावना छ ।’