६ असार २०८३, शनिबार

जसपा नेपालको आधारभूत संगठन निर्माण अभियान आजदेखि सुरु हुँदै

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालले ‘जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियान’ उद्घाटन गर्न लागेको छ ।

बागमती प्रदेशअन्तर्गतका सबै जिल्लाहरू र काठमाडौंमा उपलब्ध केन्द्रीय अभियन्तालाई अभियानको उद्देश्य र लक्ष्यबारे प्रशिक्षण गर्नेगरी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अभियानको आज उद्घाटन गर्न लाग्नुभएको छ । काठमाडौंको थापागाउँस्थित काठमाडौं ब्याङ्क्वेटमा मध्यान्ह १२ः३० बजे चार महिने अभियानको उद्घाटन भएसँगै पार्टीको आधारभूत संगठन निर्माण अभियान प्रारम्भ हुनेछ ।

सप्तरी, सिराहा, धनुषा, महोत्तरी र सर्लाही जिल्लाको लागि मधेस प्रदेशको जनकपुरमा भदौ १५ गते अभिमुखीकरण कार्यक्रम हुनेछ भने रौतहट, बारा, पर्सा र हेटौडासमेतका अभियन्ताका लागि भदौ १६ गते वीरगन्जमा अभिमुखीकरण कार्यक्रम राखिएको छ । कोशी प्रदेशको विराटनगरमा भदौ १८ गते अभियन्ताहरूको अभिमुखीकरण कार्यक्रम आयोजना हुनेछ ।

त्यसैगरी, लुम्बिनी प्रदेशका लागि भैरहवामा भदौ २३ गते र नेपालगन्जमा भदौ २४ गते अभिमुखीकरण कार्यक्रम हुनेछ । भैरहवामा नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङका अभियन्ताका लागि र नेपालगन्जमा बाँके, बर्दिया तथा कर्णाली प्रदेशका अभियन्ताहरूलाई अभिमुखीकरणमा सहभागी गराइनेछ ।

गण्डकी प्रदेशको पोखरामा र सुदूरपश्चिमको धनगढीमा भदौ २५ गते अभिमुखीकरण हुनेछ । जसपा नेपालको केन्द्रीय समितिको बैठकले सबै केन्द्रीय सदस्यहरूलाई पालिकामा संगठन निर्माणका लागि खटाउने गरी अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।