६ असार २०८३, शनिबार

देउवाको निवास अगाडि फेला परेको शंकास्पद वस्तु निष्क्रिय पारियो

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, ९ भदौ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कवीन्द्र बोहराकाअनुसार धनगढी उपमहानगरपालिका–४ कर्मचारी सञ्चय कोष नजिकै रहेको देउवा निवास अगाडि शनिबार राति शंकास्पद वस्तु फेला परेको थियो । प्रहरीले यसबारे बिहान १ बजे जानकारी पाएको थियो ।

घटनाको जानकारी पाएपछि नेपाल प्रहरी र नेपाली सेनाका दुई टोली तत्काल घटनास्थलमा पुगेका थिए । बिहान ५ बजे पुगेको नेपाली सेनाको टोलीले शंकास्पद वस्तु निष्क्रिय पारेको बोहराले जानकारी दिनुभयो ।

शंकास्पद वस्तुको झोला भित्र चिया पकाउने विद्युतीय भाँडो र त्यस भाँडो भित्र माटो भरेर राखिएको पाइएको छ । प्रहरीले यसलाई त्रास फैलाउने र चेतावनी दिने उद्देश्यले राखिएको अनुमान गरेको छ ।

प्रहरीले यस विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।