६ असार २०८३, शनिबार

मुग्लिन-नारायणगढ सडकखण्डमा बस दुर्घटना, १५ यात्रु घाइते

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ९ भदौ । चितवनको भरतपुर महानगरपालिका-२९ स्थित मुग्लिन-नारायणगढ सडकखण्डको घुमाउनेमा आज बिहान एक यात्रुबाहक बस दुर्घटनामा परेको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनकाअनुसार महेन्द्रनगरबाट काठमाडौंतर्फ आउँदै गरेको सु-प-प्र ००१ख १३३२ नम्बरको रात्रि बस दुर्घटना हुँदा बसमा सवार १५ यात्रु घाइते भएका हुन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार दुर्घटनाग्रस्त बस महाकाली यातायातको हो । बस सडक किनारामा पल्टिएको हो ।

घाइतेहरूको उद्धारकार्य जारी रहेको छ । उद्धार गरिएका घाइतेहरूलाई थप उपचारका लागि भरतपुरतर्फ पठाइएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।