२५ असार २०८३, बिहिबार

कांग्रेस सभापति देउवाको निवास अगाडि शंकास्पद वस्तु फेला

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, ९ भदौ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको धनगढीस्थित निवास नजिक शंकास्पद वस्तु फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीकाअनुसार धनगढी उपमहानगरपालिका-४ स्थित कर्मचारी सञ्चय कोष नजिकै रहेको देउवाको निवास अगाडि शनिबार राति एउटा झाेलामा तार बेरिएकाे अवस्थामा शंकास्पद वस्तु फेला परेको हो ।

घटनास्थलमा नेपाली सेनाको टोली परिचालन गरिएको छ र शंकास्पद वस्तुलाई निष्क्रिय पार्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।