३० जेष्ठ २०८३, शनिबार

नेकपा एसको केन्द्रीय कमिटी बैठक आजबाट

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ भदौ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक आज आइतबारबाट सुरू हुँदैछ । मंगलबारसम्म चल्ने बैठक आज बिहान ११ बजेबाट काठमाडौंको थापागाउँस्थित अर्पण बैंक्वेटमा सुरू हुनेछ ।

बैठकमा तीन वटा कार्यसूची तय गरिएको महासचिव घनश्याम भुसालले जानकारी दिनुभयो । उहाँकाअनुसार आजको बैठकमा नवनियुक्त केन्द्रीय सदस्यहरूलाई पथ तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यसूची रहेको छ । एकीकृत समाजवादीको ३४४ सदस्यीय केन्द्रीय कमिटी छ ।

त्यस्तै, केन्द्रीय संरचनाहरूको निर्माण गर्ने कार्यसूची रहेको भुसालले जानकारी दिनुभयो ।

गत असार १६ देखि २० गतेसम्म चलेको १०औं महाधिवेशनले पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव भुसालमात्रै निर्वाचित गरेको थियो । बाँकी पदाधिकारी, केन्द्रीय निकायहरू गठन गर्न बाँकी रहेको र आजबाट सुरू हुने बैठकमा त्यसबारे छलफल हुने एकीकृत समाजवादीले जानकारी दिएको छ ।