२६ जेष्ठ २०८३, मंगलबार

सप्तरीमा दुई मोटरसाइकल जुध्दा १ को मृत्यु, २ जना घाइते

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी, ८ भदौ । हनुमाननगर कङ्कालिनी नगरपालिका-५ स्थित भारदह-हनुमाननगर सडकअन्तर्गत सप्तरीको जोगिनियाँस्थित कोसी बाँधमा आज दुईवटा मोटरसाइकल एकापसमा जुध्दा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा सप्तरीको राजविराज नगरपालिका-१५ बस्ने ५२ वर्षीय विनोदकुमार साहको मृत्यु भएको प्रहरी निरीक्षक अवधेशकुमार यादवले जानकारी दिनुभयो । भारदहबाट हनुमाननगरतर्फ आउँदै गरेको स२प ७२९६ नंको मोटरसाइकल र विपरीत दिशाबाट गइरहेको को३४प ५४५९ नंको मोटरसाइकल एकापसमा ठोक्किएका थिए ।

दुर्घटनामा परी  स२प ७२९६ नंको मोटरसाइकल चालक साहको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक यादवले बताउनुभयो ।

अर्को मोटरसाइकलका चालकसहित दुई जना घाइते भएका थिए । घाइतेको नाम र ठेगाना खुल्न सकेको छैन ।