१९ असार २०८३, शुक्रबार

मानुषी लघुवित्तको विशेष साधारण सभा सम्पन्न

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ भदौ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले शुक्रबार विशेष साधारण सभा सम्पन्न गरेको छ । सभाको मुख्य एजेन्डा डिमर्ज रहेको थियो ।

सभामा प्रस्तुत गरिएको श्रृजनशील लघुवित्तसँग डिमर्ज गर्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । संस्थाले श्रृजनशील लघुवित्तसँग मर्ज गर्ने भनेर अघिल्लो आर्थिक वर्षमा नै सम्पूर्ण प्रक्रिया पूरा गरेको थियो ।

विशेष कारणवश प्रक्रिया अगाडि बढाउन नसकिएको जानकारी सभामा गराइएको थियो । संस्था र संस्थाका सम्पूर्ण लगानीकर्ताको हितका लागि यसो गरिएको संस्थाकी कार्यकारी प्रमुखले बताउनुभयो । यो मर्जर पूरा हुन नसके पनि अर्को उपयुक्त लघुवित्तको खोजी गरी मर्जरमा जानका लागि सभाले सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।

गत साता मात्रै संस्थाले नाफामा गएको वित्तीय विवरण प्रकाशित गरेको थियो । काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको संस्थाको हाल १४ जिल्लामा ३६ वटा शाखा रहेका छन् । संस्थाको शेयर पूँजी १० करोड ९३ लाख ७५ हजार रहेको छ ।