२३ जेष्ठ २०८३, शनिबार

आँबुखैरेनी बस दुर्घटनाका मृतकको शव भारत लगियो

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ८ भदौ ।  पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका मृतकको शव भारतीय सेनाको जहाजले चितवनबाट लागेको छ ।

जहाजले मृतक २७ जनाकै शव भारत लगेको प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा नेपाल आउनुभएको भारतीय युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसेले जानकारी दिनुभएको हो ।

पोखराबाट काठमाडौंतर्फ आइरहको युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुबाहक बस सडकबाट दुई सय मिटर तल मर्स्याङ्दी नदीमा खस्दा शुक्रबार २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए । मृतकको शव पोष्टमार्टम चितवनको भरतपुर अस्पतालमा गरिएको छ ।

२७ जनाकै पोष्टमार्टम सकिएपछि भारतीय पक्षले शव आजै भारतीय वायुसेनाको जहाजबाट लगिएको हो ।

भारतीय राज्यमन्त्री खड्से आजै नेपाल आउनुभएको थियो । उहाँले काठमाडौंमा महाराजगन्जस्थित शिक्षण अस्पताल पुगेरै घाइतेहरूको अवस्थाका बारेमा जानकारी लिएपछि चितवन पुग्नुभएको थियो ।