२२ असार २०८३, सोमबार

डब्लुएचओद्वारा एमपक्स नियन्त्रण योजनाको घोषणा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जेनेभा, ८ भदौ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले शुक्रबार एमपोक्स भाइरसको नयाँ अधिक संक्रामक ‘क्लेड१बी’ भेरियन्ट नियन्त्रणका लागि आगामी छ महिनामा कम्तिमा १३ करोड ५० लाख अमेरिकी डलर लागतको प्रकोप नियन्त्रण योजना घोषणा गरेको छ ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले डब्ल्यूएचओका सदस्य राष्ट्रहरूलाई सम्बोधन गर्दै भन्नुभयो ‘एमपोक्सको नियन्त्रण सम्भव छ भन्ने कुरा स्पष्ट छ, तर यसका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक छ ।’

यो छ महिना अवधिको प्रकोप नियन्त्रण योजनाका लागि १३ करोड ५० लाख अमेरिकी डलर आवश्यक पर्ने उहाँले बताउनुभयो ।

एमपक्सको बढ्दो सङ्क्रमणलाई मध्यनजर गर्दै गत हप्ता डब्लुएचओले यसलाई सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको हो ।