३१ जेष्ठ २०८३, आइतबार

मन्त्री भण्डारी चोभार बन्दरगाहको निरीक्षणमा

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ भदौ । उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री दामोदर भण्डारीले चोभारस्थित सुख्खा बन्दरगाहको निरीक्षण गर्नुभएको छ ।

शनिबार उहाँले बन्दरगाहमा रहेका सवारी साधन पार्किङको अवस्था, गोदाम व्यवस्थापन, कार्यालय व्यवस्थापनलगायतको निरीक्षण गर्नुभएको हो ।

निरीक्षणका क्रममा उहाँले बन्दरगाहलाई अझै बढी चलायमान बनाउन सम्बन्धित व्यक्तिहरुलाई निर्देशन दिनुभएको छ ।

पाँच वर्षका लागि निजी क्षेत्रसँगको साझेदारीमा सञ्चालन भइरहेको बन्दरगाहले न्यूनतम तीन करोड रकम राजश्व संकलन गर्ने सहमति भएपनि यस अवधिमा आठदेखि १० करोड रुपैयाँ रकमसम्म राजश्व संकलन गर्ने लक्ष्य रहेको बन्दरगाहका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिनुभएको छ । उहाँले अहिले फास्ट ट्रयाकको अभावमासमेत बन्दरगाहले अपेक्षा अनुसारको प्रतिफल दिइरहेको दाबी गर्नुभएको छ ।