२५ जेष्ठ २०८३, सोमबार

इमर्जिङ एशिया बैकिंङमा शाइन रेसुंगा बैंकलाई बेस्ट बैंकसहित ३ अवार्ड

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ भदौ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैंकिङ अवार्ड-२०२३ अन्तर्गत नेपालबाट बेस्ट बैंकसहित तीनवटा अवार्ड जितेको छ ।

भारतको नयाँ दिल्लीमा शुक्रबार आयोजित ‘बैंकिङ कन्क्लेभ २०२४’मा शाइन रेसुंगा डेभलपमेन्ट बैंकले बेस्ट बैंक, बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ क्याटेगोरीमा उत्कृष्टता हासिल गर्दै अवार्ड जित्न सफल भएको हो ।

इण्डियन च्याम्बर अफ कमर्सले गत वर्षदेखि वितरण गर्न सुरु गरेको यो अवार्डमा शाइन रेसुंगाले पहिलो पटकमै बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ क्याटेगोरीमा उत्कृष्ट हुँदै अवार्ड जितेको थियो  । अहिले दोस्रो पटक पहिलो पटक जितेका दुई विधासँगै प्रमुख विधा बेस्ट बैंक अवार्डसमेत जितेर बैंकले आफूलाई थप उत्कृष्ट र अब्बल सावित गरेको छ ।

अवार्डका लागि इण्डियन च्याम्बर अफ कमर्सको आर्थिक मामिला तथा नीति विभागले विभिन्न १७ वटा सूचक निर्धारण गरेको थियो । जसमध्ये शाइन रेसुंगाले कुल सम्पत्ति, कुल निक्षेप, कुल कर्जा तथा सापटी, खुद कर्जा तथा सापटी, कुल ब्याज आर्जन, कुल ब्याज खर्च, शुल्कमा आधारित आम्दानी, सञ्चालन खर्च, कर पछिको खुद नाफा, प्रावधान र आकस्मिकता तथा अन्य आम्दानीलगायतका सूचकहरुमा उत्कृष्ट भएको थियो ।

अवार्ड समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लोकराज पनेरु र प्रमुख वित्त अधिकृत भुवन पन्थले अवार्ड ग्रहण गर्नुभयो । यस अवसरमा नेपालका अन्य बैंकहरूले पनि विभिन्न अवार्ड प्राप्त गरेका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले यो सफलता इथिकल बैंकिङको मूल्य मान्यता र आर्थिक सुशासनको परिणाम भएको बताउनुभयो । उहाँले यस उपलब्धिमा बैंकका सबै सरोकारवालाहरूको योगदान रहेको उल्लेख गर्नुभयो ।

बैंकका अध्यक्ष थानेश्वर पौडेलले शहरी क्षेत्रसँगै ग्रामीण क्षेत्रमा बैंकिङ पहुँच विस्तार र डिजिटल बैंकिङमा जोड दिएको कारण बैंक विकास बैंकहरूमध्ये अग्रणी बन्न सफल भएको बताउनुभयो ।

शाइन रेसुंगा बुटवलमा केन्द्रीय कार्यालय रहेको लुम्बिनी प्रदेशको एकमात्र राष्ट्रिय स्तरको विकास बैंक हो । बैंकको अधिकृत पुँजी ८ अर्ब र चुक्ता पुँजी ४ अर्ब ७३ करोड रहेको छ । हाल बैंकका देशभर ८८ शाखा, एक एक्सटेन्सन काउन्टर र १८ एटिएम सञ्चालनमा छन् ।