२८ जेष्ठ २०८३, बिहिबार

जसपा सुनसरीका अध्यक्ष रवीन राई एमालेमा प्रवेश

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ भदौ । जनता समाजवादी पार्टी (जसपा) सुनसरीका जिल्ला कमिटी अध्यक्ष रवीन राई नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ ।

शुक्रबार एमाले सुनसरी जिल्ला कमिटीको प्रथम पूर्ण बैठकमा राई एमालेमा प्रवेश गर्नुभएको हो । राईलगायत एमाले प्रवेश गर्ने नेताहरूलाई एमाले स्थायी कमिटी सदस्य एवं कोशी प्रदेश इञ्चार्ज शेरधन राईलगायतका नेताहरूले पार्टीमा स्वागत गर्नुभयो ।

बैठकले मिसन २०८४ लाई केन्द्रीत गरी पार्टीका जिल्ला नेताहरूको कार्यविभाजन गर्नुका साथै वार्षिक कार्ययोजना र बजेटसमेत निर्माण गरेको छ ।

एमाले प्रवेश गर्नुभएका रवीन राईले नेपालको राजनीतिक आन्दोलनको मूलधार एमाले नै भएकाले आफू एमालेमा समाहित भएको बताउनुभयो । देशलाई निकास दिन एमाले बाहेक अन्य दलले नसक्ने उहाँले सुनाउनुभयो । पार्टीले दिएको जिम्मेवारीमा बसेर काम गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै एमाले स्थायी कमिटी सदस्य शेरधन राईले सानातिना मतभेदलाई बिर्सिएर पार्टीको सबै ध्यान मिसन २०८४ मा केन्द्रीत गर्नुपर्ने बताउनुभयो । उहाँले २०८४ को निर्वाचनमा एमालेलाई पहिलो राष्ट्रिय शक्ति बनाउने अभियानमा लाग्न नेता, कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले सबै राष्ट्रभक्त नेपालीहरूलाई एमालेमा समाहित हुन पनि आह्वान गर्नुभयो ।