२५ जेष्ठ २०८३, सोमबार

नमस्ते पेमा नबिल बैंकमार्फत ब्यालेन्स लोड गर्दा स्मार्टवाच र इयरबड जित्ने मौका

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ भदौ । नमस्ते पे ले नबिल बैंकमार्फत नमस्ते पे वालेटमा ब्यालेन्स लोड गर्दा स्मार्टवाच र इयरबड जित्ने नयाँ अफर ल्याएको छ । यो अफर आजदेखि भदौ २१ गतेसम्म मान्य हुने कम्पनीले जनाएको छ ।

प्रयोगकर्ताहरूले आफ्नो नमस्ते पे वालेटमा नबिल बैंक को मोबाइल बैंकिङ एप मार्फत ब्यालेन्स लोड गर्न सक्नेछन् । साथै, लक्कीड्रमार्फत एक भाग्यशाली प्रयोगकर्ताले स्मार्टवाच र दुई भाग्यशाली प्रयोगकर्ताहरूले इयरबड जित्न सक्नेछन् ।

यो अफरमा सहभागी हुनका लागि प्रयोगकर्ताहरूले नबिल बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरेर नमस्ते पे वालेटमा ब्यालेन्स लोड गरी अफर अवधिभर बैंक ट्रान्सफर र वालेट टु वालेट ट्रान्सफर बाहेक कुनै पनि सेवाको कम्तिमा एक पटक भुक्तानी गरेको हुनुपर्ने कम्पनीले जनाएको छ ।

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने उद्देश्यले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडद्वारा सुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोगमार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ । जसअनुरुप *५००# डायल गरेर नमस्ते पे प्रयोगकर्ताहरूले अफलाइन सेवाहरूको फाइदा लिन सक्दछन् । रिचार्ज, बिल भुक्तानी, पैसा थप्नुहोस्, पैसा पठाउनुहोस्, व्यापारी भुक्तानी जस्ता सेवाहरू अफलाइन उपलब्ध छन् । नेपाल टेलिकमको सिम भएका प्रयोगकर्ताहरूले यूएसएसडी (अफलाइन) सेवाहरू प्रयोग गर्न सक्ने बताइएको छ ।