३१ जेष्ठ २०८३, आइतबार

पार्टीप्रतिको असन्तुष्टि सामाजिक सञ्जालमा व्यक्त नगर्न नेकपा एसको निर्देशन

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ भदौ । नेकपा (एकीकृत समाजवादी)ले आफ्ना नेताहरूलाई पार्टीप्रतिको असन्तुष्टि सामाजिक सञ्जालमा व्यक्त नगर्न निर्देशन दिएको छ । पार्टीका महासचिव घनश्याम भुसालले आज एक विज्ञप्ति जारी गर्दै पार्टीसम्बद्ध कुनै पनि नेताले अबदेखि सामाजिक सञ्जालमा पार्टी, कमिटी र अरु नेताहरूका बारेमा कुनै पनि नकारात्मक कुरा नलेख्न, शेयर नगर्न निर्देशन दिनुभएको हो ।

पछिल्लो समय पार्टीका जिम्मेवार नेताबाट सामाजिक सञ्जालमा आएका अभिव्यक्तिले पार्टी संगठन सुदृढीकरणमा समस्या आउने बताउँदै उहाँले भन्नुभयो, ‘राजनीतिक व्यक्ति आफूप्रति मात्रै उत्तरदायी भएर पुग्दैन, हामीसँग समाजले, पार्टीले, कमिटीले र अरु नेताहरूले पनि उत्तरदायित्वको बोध गर्नुपर्छ ।’

महासचिव भुसालले दशौँ राष्ट्रिय महाधिवेशनपछि केन्द्रीय सदस्य चयनका क्रममा देखिएको असन्तुष्टिले पार्टीका नेताहरूको मर्यादासमेत नराख्नेगरी सामाजिक सञ्जालमा टिप्पणी भएकामा आपत्ति प्रकट गर्दै पार्टी पद्धतिअनुसार नेताले आफूलाई लागेका सबै कुरा बैठकमा उठाउन आग्रह गर्नुभयो ।