२४ कार्तिक २०८३, मंगलबार

मुकुल ढकालको प्रतिवेदनको अपनत्व नलिएको रास्वपाले प्रस्तावित कार्यक्रम गर्दै

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री डा. मुकुल ढकालले आफूले पार्टीमा पेश गरेको प्रतिवेदनको अपनत्व नलिने बताएपनि त्यस प्रतिवेदनमा उल्लेख गरिएका कार्यक्रम भने कार्यान्वयनको प्रयास गरेको टिप्पणी गर्नुभएको छ ।

ढकालले आफूले प्रतिवेदनमा आत्मनिर्भर नेपाल अभियान चलाउने उल्लेख गरेको बताउँदै रवि लामिछाने क्लबले प्रतिवेदनको अपनत्व नलिने निर्णय गरेपनि आफूले प्रस्ताव गरेको आत्मनिर्भर नेपाल अभियान सुरु गरेको बताउनुभएको हो ।ढकालले पार्टी एलिटको कब्जामा गएको बताउनुभएको थियो भने एलिटहरूले आम जनताको अनुभव लिन सार्वजनिक यातायात चढेको व्यंग्य गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘अब ठ्याक्कै के कसरी गर्ने भन्ने त थाहा छैन, तर जति पढे, त्यो बुझे, टाइपले यी प्रयास गर्दै छन् । प्रतिवेदनलाई गलत पनि भन्नु छ । आफूले एक्स्ट्रा आइडिया केही निकाल्न नि सक्दैनन् । त्यही प्रतिवेदन घुमाइफेराई कार्यान्वयनको प्रयास पनि गर्नु छ । त्यही प्रतिवेदन लेख्ने महामन्त्रीलाई कारबाहीको प्रयास पनि गर्नु छ । उहाँहरूलाई पनि गाह्रो छ । टिभिमा हेरेर घरमा नै खाना बनाउनुसम्म ठिकै हो, क्लब त पूरै रेस्टुरेन्ट खोल्न लाग्यो ।’

यसअघि रास्वपाले ढकाललाई पार्टीको महामन्त्री र प्रवक्ताबाट हटाएपनि अब साधारण सदस्यबाटसमेत हटाउने तयारी गरिरहेको छ ।