
काठमाडौं, ७ भदौ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । बिहीबार बढेको विदेशी मुद्राको विनिमय दरले आजसमेत निरन्तरता पाएको छ ।
आज अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ०३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६३ पैसा पुगेको छ ।
त्यस्तै, युरो एकको खरिददर १४९ रुपैयाँ २४ पैसा र बिक्रीदर १४९ रुपैयाँ ९७ पैसा रहेको छ ।
त्यसैगरी, बेलायती पाउण्ड एकको खरिददर १७५ रुपैयाँ ७६ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५५ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।










प्रतिक्रिया