
काठमाडौं, ७ भदौ । सार्वजनिक यातायात केन्द्रीय महासंघका अध्यक्ष डा. डोलनाथ खनाल नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ ।
यसैगरी, माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा खोटाङ जिल्ला सचिव भुवन आचार्य पनि एमालेमा प्रवेश गर्नुभयो ।
नेकपा (एमाले)का महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, पोलिटव्युरो सदस्य विशाल भट्टराई, केन्द्रीय सदस्य रचना खड्का लगायत नेताहरूले उहाँहरूलाई बिहीबार पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा खनाललाई खादा लगाई पार्टीमा स्वागत गर्नुभयो ।
यातायात व्यवसाय क्षेत्रका नेता खनाल नेकपा (माओवादी केन्द्र)को भौतिक पूर्वाधार तथा यातायात विभागका सदस्य हुनुहुन्छ भने माओवादीको जनसंगठन नेपाल उद्योग व्यवसायी महासंघका उपाध्यक्ष हुनुहुन्छ ।
करिब ३५ वर्ष यातायात व्यवसायमा रहेर महासंघमा १८ वर्ष महासचिवलगायत पदाधिकारीको जिम्मेवारी सम्हाल्नुभएका खनालले यातायात क्षेत्रको सुधार एमालेबाट मात्र सम्भव हुने देखेर एमालेमा समाहित भएको बताउनुभयो । उहाँ बाँकेका स्थायी बासिन्दा हुनुहुन्छ ।









प्रतिक्रिया