
काठमाडौं, ६ भदौ । नेपाल सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको छ ।
आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको हो ।
टिकटकले नेपाल सरकारको सम्पूर्ण शर्त मान्न तयार रहेको पत्र पठाएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले आज टिकटकको प्रतिबन्ध हटाउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजानु भएको थियो ।
सरकारले शर्तसहित टिकटक खोल्न दिने निर्णय गरेको जानकारी दिइएको छ ।








प्रतिक्रिया