
काठमाडौं, ६ भदौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नारायणगढ मुग्लिन सडकको सिमलतालमा भएको दुर्घटनामा वेपत्ता भएकाहरु जीवित नभएको बताउनु भएको छ ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले २८ असारमा भएको दुर्घटनामा परेर वेपत्ता भएकाहरु जीवित भेटिने आशा मरेको भन्दै शवको खोजी कार्य भने जारी रहेको बताउनु भएको हो ।
उहाँले भन्नुभयो, ‘बाढी पहिरो तथा विभिन्न किसिसमका प्राकृतिक घट्नाहरुको कारणले गर्दा धेरै नेपाली जनताहरुले ज्यान गुमाउनु परेको छ । कयौं घाईते हुनुहुन्छ । कयौं वेपत्ता हुनुभएको छ । यस्तो अवस्थाबाट देश गुज्रिरहेको छ । मुग्लिनमा दुर्घटना भएर बेपत्ताहरू र मृत्यु भएकाहरूको अहिलेसम्म लास पत्ता लागेको छैन । बेपत्ताको खोजी जारी छ । लगभग विश्वास छ कि उहाँहरू जीवित हुनुहुन्छ भन्ने छैन । लास नभेटिन्जेल आस हुन्छ भन्ने छ । जीवित भएको आस राख्ने कुरा भयो ।’
उहाँले मन्त्रालयमा फाइलहरु थन्कायाएर राखिएको भन्ने विषय सांसदहरुले उठाइरहेको भन्दै कुनै पनि फाईलहरु बिना कारण मन्त्रालयमा नरोकिने स्पष्ट पार्नुभयो ।








प्रतिक्रिया