४ असार २०८३, बिहिबार

नो इफ नो बट, पाँच वर्षे हदम्याद लागु हुने छैन : रवि लामिछाने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भ्रष्टाचारको मुद्दामा पाँचवर्षे हदम्याद मान्य नहुने स्पष्ट पार्नुभएको छ ।

आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद लागु गर्न नहुने बताउनुभएको हो । भ्रष्टाचारमा हदम्याद राख्न नहुने भन्दै आफूलाई युवाहरूले बारम्बार फोन गरेर सचेत गराइरहनु भएको पनि उहाँले बताउनुभयो ।

‘सामाजिक सञ्जालमा एउटा भिडिओ बनेको रहेछस जहाँ युवाहरूले चिन्ता व्यक्त गरेका रहेछन् कि भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद लगाउन खोजिएको छ। त्यसमा सचेत हुनुहोला भनिएको रहेछ। त्यसमा भनिएको छ– यीयी मानिसहरू ती समितिमा छन्, तिनलाई कल गर्नूहोला। म ती सचेत युवालाई धन्यवाद दिन चाहन्छु। जसले निरन्तर फोन गरिरहेका छन्,’ उहाँले भन्नुभयो, ‘नो इफ नो बट, हाम्रो कुरा क्लियरकट ! पाँच वर्षे हदम्याद लागु हुने छैन ।

दुई दलको सरकार भएपछि के परिस्थिति आउला, सचेत हुनुहोला भनेर मैले भनेको थिएँ। आज म निर्धक्क भएको छु।’