२४ जेष्ठ २०८३, आइतबार

युक्रेनको दावी : ६ लाख रुसी सैनिकको मृत्यु, ९५ गाउँ कब्जामा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ भदौ । युक्रेनले रुसका ६ लाख सैनिक मारेको दाबी गरेको छ । उसका अनुसार रुस–युक्रेन युद्धमा ६ लाखभन्दा बढी रुसी सैनिकको मृत्यु भइसकेको छ ।

युक्रेनी वेबसाइट किभ इन्डिपेन्डेन्टका अनुसार युक्रेनी सेनाका जनरल स्टाफले भने कि २४ फेब्रुअरी २०२४मा युक्रेनमा भएको आक्रमणपछि ६ लाख ३ हजार १० रूसी सैनिकहरूले आफ्नो ज्यान गुमाएका छन्।

गत साढे दुई वर्षमा युक्रेनले ८,५२२ रुसी ट्याङ्क, १६,५४२ बख्तरबंद गाडी, १७,२१६ आर्टिलरी प्रणाली, १,१६६ रकेट प्रणाली, ९२८ वायु रक्षा प्रणाली, ३६७ हवाइजहाज, ३२९ वटा हेलिकप्टर, ३ सय ६६ रकेट ध्वस्त गरेको जनरल स्टाफले टेलिग्राममा जानकारी दिनुभयो।

युक्रेनी सेनाले एक जहाज र थप १ पनडुब्बीलाई पनि ध्वस्त बनाएको हो । मंगलबार मात्रै १ हजार १० रुसी सैनिक मारिएको दाबी गरिएको छ भने रुसी सेनाले पनि सामाजिक सञ्जालमार्फत मंगलबार मात्रै २ हजारभन्दा बढी युक्रेनी सैनिक मारिएको दाबी गरेको थियो ।

उता, कुर्स्कमा भएको आक्रमणबाट आक्रोशित रुसी सुरक्षा परिषद्का उपप्रमुख दिमित्री मेदवेदेवले युक्रेन र रुसबीच वार्ताका सबै बाटो बन्द गरिएको बताउनु भएको छ । पुटिनअघि मेदभेदेव रुसका राष्ट्रपति हुनुहुन्थ्यो। उहाँले सामाजिक सञ्जालमा युक्रेनलाई पूर्ण रूपमा पराजित नगरेसम्म वार्ताको कुनै अर्थ नरहेको बताउनु भएको हो ।

वास्तवमा विगत साढे दुई वर्षदेखि रुसी आक्रमणको सामना गर्दै आएको युक्रेनी सेनाले अब जवाफी हमला सुरु गरेको छ । अगस्ट ६ मा युक्रेनले रुसको कुर्स्क क्षेत्रमा आक्रमण गरेको थियो । राष्ट्रपति जेलेन्स्कीका अनुसार पछिल्लो १५ दिनमा युक्रेनी सेनाले रुसको कुर्स्कका ९२ गाउँ कब्जा गरेको छ ।

राष्ट्रपति जेलेन्स्कीले युक्रेनी सेनाले रुसको १२५० वर्ग किलोमिटर क्षेत्र कब्जा गरेको दाबी गर्नु भएको हो । युक्रेनी सेना प्रमुख अलेक्ज्याण्डर सिर्सकीले युक्रेनी सेना रुस भित्र ३५ किलोमिटर भित्र पसेको बताउनुभयो । युक्रेनले गरेको अकस्मात आक्रमणपछि २ लाखभन्दा बढी रुसी नागरिक घर छोडेर भाग्न बाध्य भएको बीबीसीले जनाएको छ ।

उता, युक्रेनीले कुर्स्कको तेस्रो पुल पनि ध्वस्त पारेको छ । यसैबीच युक्रेनी सेनाले कुर्स्कमा बनेको तेस्रो पुल पनि भत्काएको छ । युक्रेनी वायुसेना कमाण्डर मिकोला ओलेशचुकले यसको पुष्टि गर्नु भएको हो । यी सबै पुल कुर्स्क कोग्लूसकोवस्की जिल्ला मा सिम नदी मा निर्माण गरिएको थियो।

अल जजीराका अनुसार यी सबै पुलहरू भत्किँदा रुसको आपूर्ति लाइनमा असर पर्ने भएको छ ।