२० असार २०८३, शनिबार

मुक्तिनाथ विकास बैंक र घरेलु तथा साना उद्योग महासंघबीच सहकार्य

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ भदौ । मुक्तिनाथ विकास बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच महासंघसँगमा आवद्ध घरेलु तथा साना उद्योगहरुलाई सहज र सुलभ तरिकाबाट कर्जा प्रवाह हुनेगरी यस क्षेत्रको आर्थिक विकास एवं वित्तीय तथा व्यवसायिक शिक्षामा योगदान पर्‍याउने उद्देश्य सहित सम्झौतापत्रमा हस्ताक्षर भएको छ । एक कार्यक्रमबीच सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका नायब प्रमूख कार्यकारी अधिकृत समिर शेखर बज्राचार्य र महासंघको तर्फबाट महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले हस्ताक्षर गर्नुभएको थियो ।

सम्झौताबमोजिम अगामी दिनमा महासंघमा आवद्ध घरेलु तथा साना उद्योगीहरुलाई बैंकले व्यवसाय तथा त्यसको सम्भाव्यतालाई मुख्य आधार मानी सरल र सहज तरिकाबाट सर्वसुलभ व्याजदरमा कर्जा लगानी गर्ने र उद्यमीको विकासको लागि वित्तीय र व्यवसायिक साक्षारताको लागि सहकार्य गर्ने छ ।

महासंघका अध्यक्ष सिंहले खुशी व्यक्त गर्दै अगामी दिनमा झन् सहज तरिकाबाट उद्योगीहरुले ऋण सुविधा प्राप्त गर्ने र आवश्यक व्यवसायिक साक्षारतामा बैंकको सहकार्य हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

साथै, बैंकले नेपालमै टिक्न ,सजिलो छ भन्ने नाराको साथ साना व्यापार तथा व्यवसायलाई प्रोत्साहन गर्न मुक्तिनाथ सरल कर्जा योजनाहरु ल्याएको छ । बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३)आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।