२८ असार २०८३, आइतबार

घाँसीकुवाको पहिरो पन्छाउन सुरु, सडक सूचारु हुन समय लाग्ने

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमौली, ६ भदौ । तनहुँको घाँसीकुवा नजिक बुधबार साँझ खसेको पहिरोको कारण मुग्लिन-पोखरा सडक अहिले पनि अवरुद्ध रहेको छ ।

पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका-१२ घाँसीकुवामा ठूलो पहिरो खसेका कारण मुग्लिन-पोखरा सडक पूर्णरुपमा अवरुद्ध रहेको हो ।

हिजो खसेको पहिरो पन्छाउने काम भने आज केहीबेर अघिदेखि पन्छाउने सुरु गरिएको प्रहरीले जनाएको छ । ठूलो पहिरो खसेको हुनाले पहिरो पन्छाउन कति समय लाग्छ भन्ने यकिन नभएको बताइएको छ ।