
काठमाडौं, ६ भदौ । दृष्टि पाउन्डेसनको सञ्चालक वरिष्ठ समाजसेवी कल्पना भट्ट सम्मानित हुनुभएको छ । फाउन्डेसनमार्फत बेसहारा महिलालाई सहारा दिँदै आउनुभएको भट्टलाई मंगलबार नेपाल प्रहरी श्रीमती संघले ४०औं वार्षिकोत्सवका अवरमा सम्मान गरेको हो ।
भट्टले धनगढीमा फाउन्डेसनका माध्यमबाट खुला आकाशमुनि सडक जीवन व्यतित गरिरहेका बेसहारा, शारीरिक तथा मानसिक रूपमा दुर्बल महिलाको संरक्षण गर्दै आउनुभएको छ । हाल फाउन्डेसनमा उहाँले ६४ जना महिला र १२ जना बालबालिकालाई संरक्षण गरिरहनुभएको छ ।
फाउन्डेसनमा ज्यान गुमाउने परिवारको पत्ता लाग्न नसकेका महिलालाई दागबत्ती दिने र काजक्रियासमेत कल्पनाले नै गर्दै आउनुभएको छ । मानवीय सेवामा समर्पित रहेको भन्दै संघले भट्टलाई सम्मान गरिएको जनाएको छ ।
काठमाडौं बोलाएर आफूले गरेको कामको मूल्यांकन स्वरूप सम्मान गरेकोमा भट्टले खुसी व्यक्त गर्नुभएको छ । यो प्रेरणाले आफूलाई सेवामा समर्पित हुन थप बल मिलेको उहाँको भनाइ छ ।









प्रतिक्रिया