२९ असार २०८३, सोमबार

काठमाडौंको बलम्बुमा शंकास्पद वस्तु फेला

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, ६ भदौ । काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ बलम्बु, स्कुल नजिकै एक घरको आँगनमा शंकास्पद वस्तु फेला परेको छ ।

बिहीबार बिहान एक घरको आँगनमा प्रेसर कुकर जस्तो देखिने शंकास्पद वस्तु फेला परेपछि प्रहरी प्रभाग बलम्बुका प्रहरी निरीक्षक उपेन्द्र प्रसाद आचार्यको नेतृत्वमा एक टोली घटनास्थलमा पुगेको हो ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीकाअनुसार बिहान ८ बजे यसबारे सूचना प्राप्त भएपछि तत्काल प्रहरी परिचालन गरिएको थियो ।

प्रहरीले स्थलगत निरीक्षण गर्दा एक झोलामा प्रेसर कुकर जस्तो देखिने वस्तु फेला परेपछि त्यस क्षेत्रलाई सुरक्षित गरिएको छ ।

नेपाली सेनाको बम डिस्पोजल युनिटलाई खबर गरिएको छ । सेनाको टोली घटनास्थलमा पुगिसकेको बताइएको छ ।