४ असार २०८३, बिहिबार

आइएमई लाइफ इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृतमा पौडेल नियुक्त

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ भदौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा खिलेन्द्र पौडेल नियुक्त हुनुभएको छ । आइएमई लिमिटेड र जिएमइको मर्जरपछि खिलेन्द्र पौडेल आइएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतबाट बिदा भई आइएमई लाइफमा प्रवेश गर्नुभएको हो ।

आइएमई लिमिटेडको स्थापनादेखि नै विभिन्न जिम्मेवारीमा रहनुभएका खिलेन्द्र रेमिटेन्स, भुक्तानी प्रणाली, फिनटेक तथा डिजिटल वालेट र अन्तरदेशीय कारोबारमा दख्खल राख्नुहुन्छ । आइएमई ग्रुपले प्रवर्द्धन गरेका वित्तीय संस्थाको उच्च व्यवस्थापन तथा स्मार्ट च्वाइस, सनि सेक्युरिटिज, आइएमई डिजिटल सोलुसनलगायतका कम्पनी सञ्चालक रूपमासमेत पौडेल कार्यरत हुनुहुन्छ ।

त्रिभुवन विश्वविद्यालयबाट एमबीए फाइनान्स गर्नुभएका पौडेलले भारतको अहमदावाद स्थित इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट र मलेसियाको इन्स्टिच्युट अफ ब्यांकर्स मलेसियाबाट कार्यकारी वित्तीय व्यवस्थापन तथा अन्तरदेशीय लगानी व्यवस्थापनका विषयमा एक्जुकेटिभ कोर्स गर्नुभएको छ । साथै, खिलेन्द्रले अमेरिकास्थित हार्भड केनेडि स्कुलबाट पोलिसी डिजाइन र वित्तीय सेवा सम्बन्धी व्यावसायिक कोर्स पनि गर्नुभएको छ ।

उच्च तथा व्यावसायिक शिक्षा र व्यवस्थापकीय नेतृत्वको अनुभवले आइएमई लाइफले दिएको जिम्मेवारीलाई सफलतापूर्वक पूरा गर्ने र बीमा क्षेत्रमा थप रणनीतिक व्यावसायिक साझेदारी निर्माणमा योगदान दिने नायव कार्यकारी पौडेलले उल्लेख गर्नुभएको छ ।