
स्याङ्जा, ५ भदौ । अविरल वर्षाका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । स्याङ्जा सडक खण्डअन्तर्गत वालिङ नगरपालिका–८ मा पहिरोले राजमार्ग अवरुद्ध गरेको हो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी उमेशलाल श्रेष्ठकाअनुसार बिहानैदेखि अवरुद्ध राजमार्ग सुचारु गर्ने प्रयास भइरहेको छ । सडक अवरुद्ध हुँदा धेरै सवारी साधन बाटोमै रोकिएका छन् । यसअघि मंगलबार साँझ गल्याङमा रुख ढलेर अवरुद्ध भएको सडक भने दुवैतर्फ सुचारु भइसकेको श्रेष्ठले जानकारी दिनुभयो ।
प्रहरीकाअनुसार अविरल वर्षाले जिल्लाका प्रायः सबै ग्रामीण सडकहरू पनि अवरुद्ध भएका छन् ।








प्रतिक्रिया