
मुगु, ५ भदौ । मुगु छायाँनाथ रारा नगरपालिका वडा नं. १ स्थित अल्का साँघु भन्ने स्थानमा नगरपालिकाले अस्थायी साँघु बनाएको छ ।
सोमबाट छायाँनाथ धामबाट फर्कदै गरेका तीर्थयात्रु मध्ये ८ जना त्यसस्थान भएर बगेको गमगाढ खोला माथि लगाइएको लाप्कोबाट खसेपछि मंगलबार नगरपालिकाले २ वटा लाप्का लगाएको हो । छायाँनाथ रारा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष पदमराज मल्लकाअनुसार वडाको पहलमा नेपाल प्रहरी, ससस्त्र प्रहरी, नगरप्रहरी र वडा न १ श्रीनगर र घाटगाउँका स्थानियहरुको सहयोगमा २ वटा काठका लाप्का लगाइएको छ ।

सोमबार बिहान स्थानीयहरूले काठको एउटा लाप्को लगाए पनि सानो र हिँडन साँघुरो भएकाले तीर्थयात्रीहरू नदीमा खसेका थिए । गमगढी–नाक्चेलाग्ना सडकअन्तर्गत पर्ने यो खण्डमा सडक डिभिजन कार्यालयले ठेक्का खोलेर पक्की पुल लगाउन काम सुरु गरेपनि कछुवा गतिमा काम गर्दा मानिसलाई आवत जावत गर्न समस्या हुँदै आएको वडा अध्यक्ष मल्लले बताउनुभयो ।

छायाँनाथ रारा नगरपलिका वडा न १, १०, ११ र १२ बस्तिहरु र सिङ्गो मुगुम कार्मारोङ्ग गाउँपालिका यहि खोला भएर आवत जावत गर्ने गर्छन् । सोमबार लाप्कोबाट खसेका ८ जनाको श्रीनगर गाउँका युवाहरु, नेपाल प्रहरी, नगरप्रहरीले उद्दार गरेका थिए । उद्दार गरिएका मध्य ३ जनाको जिल्ला अस्पतालमा मुगुमा उपचार गरिएको छ ।
छायाँनाथबाट फर्कदै गर्नुभएका तीर्थयात्रु प्रजोल मल्लले लाप्कोबाट खस्दै गरेका २ जना तीर्थ यात्रुको बिहान खिचेको भिडियो र दिउँसो गमगाढ खोलामा खसेको अन्य यात्रुको श्रीनगर गाउँका युवा रामराज मल्लसहित अन्य युवा तथा प्रहरीहरुले उद्दार गर्दै गरेको भिडियो विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा भाइरल हुँदा सरकारको चर्को आलोचना भउको थियो ।
खोला तर्ने क्रममा सोमबार स्थानीय सपना मल्ल, सक्कली शाही, नन्द राज मल्ल, धर्मराज बिक, विष्णु विक, सञ्जु विक, पिउली सरा विक र एक जना नाम नखुलेका अर्का युवासहित ८ जना गमगाढ खोलामा खस्नुभएको थियो ।









प्रतिक्रिया