२ असार २०८३, मंगलबार

आज भारत बन्द, बेलुका ८ बजेसम्म घरबाहिर ननिस्कन अपिल

3.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ भदौ । एससी/एसटी आरक्षणमा कोटाको निर्णयको विरोधमा आरक्षण बचाओ संघर्ष समितिले भारत बन्दको घोषणा गरेको छ । एससी/एसटी आरक्षणमा सर्वोच्च अदालतको हालैको फैसलाको विरोधमा यो भारत बन्द आह्वान गरिएको हो ।

बहुजन समाज पार्टी, एनडीए सहयोगी चिराग पासवान, महाराष्ट्र नेता प्रकाश अम्बेडकर, राजस्थानका समाजसेवी संस्थाहरूले विशेष गरी भारत बन्दको घोषणा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बन्दको समयमा आपतकालीन सेवाहरूलाई छुट दिइएको छ । बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म घरबाहिर ननिस्कन पनि सर्वसाधारणलाई अपिल गरिएको छ ।

यसैबीच, भारत बन्दलाई ध्यानमा राख्दै राजस्थानका सरकारी र निजी विद्यालयमा बिदा दिइएको छ । प्रशासनले शान्ति सुरक्षालाई ध्यानमा राखी बिदा दिने निर्णय गरेको हो ।