
धादिङ, ४ भदौ । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेश इञ्चार्ज डा. राजन भट्टराईले छलफल र संगठनात्मक सुदृढीकरणबाट एमाले एकतावद्ध भएको बताउनुभएको छ ।
आज नेकपा एमाले धादिङको चौथो बैठकलाई सम्बोधन गर्नुहुँदै ईञ्चार्ज डा. भट्टराईले एमाले गत स्थानीय निर्वाचन र संसदीय निर्वाचनमा आन्तरिक बेमेलका कारण पराजय भोगेकोले आन्तरिक एकता सुदृढ बनाउने एमाले नेताहरुको संयुक्त भनाइले मिसन ०८४ मा कसैले पनि हराउन नसक्ने एमाले बन्ने बताउनुभएको हो ।
माओवादीसंगको सहकार्यले देश अघि बढ्न नसकेको, आर्थिक मन्दी बढेको र व्यापक निरासा बढेपछि नेपाली काँग्रेससंग सहकार्य गरेर देशलाई निकास दिन लागेको उहाँको भनाइ छ ।
एमाले नेतृत्व सरकारको एक महिनामा आशा जगाउने केही काम सुरु भएको, राष्ट्रिय गौरबका योजना सम्पन्न गर्ने, सुशासनको पहल गर्ने, विकासमा जनताले अनुभूति गर्न सक्ने कार्यक्रम ल्याउन लागेको उहाँले जानकारी दिनुभयो ।








प्रतिक्रिया