१ कार्तिक २०८३, आइतबार

ट्रम्पको चुनावी अभियान इरानले ह्याक गरेको दाबी

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ भदौ । अमेरिकी गुप्तचर अधिकारीहरूले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियान ह्याक गर्नुको पछाडि इरानको हात रहेको दाबी गरेका छन् ।

अमेरिकी गुप्तचर एजेन्सी एफबीआई र अन्य अनुसन्धान एजेन्सीहरूले यसको पुष्टि गर्दै बयान जारी गरेका छन् ।  ‘इरानले सामाजिक इन्जिनियरिङ र दुवै राजनीतिक दलको राष्ट्रपति अभियानमा संलग्न अन्य प्रयासहरूमार्फत यो गर्ने प्रयास गरेको छ ।’ विज्ञप्तिमा भनिएको छ।

यसअघि ट्रम्पको चुनावी अभियानले इरानी ह्याकरहरूले यसको आन्तरिक सञ्चार ह्याक गरेको बताएको थियो । यद्यपि ट्रम्पको अभियानको यो दाबीलाई इरानी अधिकारीहरूले अस्वीकार गरेका छन् ।