
काठमाडौं, ३ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गाईजात्रा नेपालीहरुको महान पर्व भएको बताउनुभएको छ ।
आज काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रमको अवसरमा बोल्दै मन्त्री पाण्डेले गाईजात्राले लामो इतिहास बोकेको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘गाईजात्राले शक्तिशाली सन्देश दिएको छ, यो जात्राले लामो इतिहास बोकेको हामी सबैलाई थाहा छँदैछ, हामी नेपालीहरु विविध संस्कृति र विभेदतापूर्ण प्रकृतिले सम्पन्न छौँ ।’ साथै, उहाँले नेपाल सानो भूगोल भएपनि विविधता अन्नतत भएको बताउनुभयो । उहाँले हाम्रो संस्कृति नै हाम्रो पूँजी भएको बताउनुभयो ।









प्रतिक्रिया